१६ मंसिर २०८२, मंगलबार | December 2, 2025

ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएपछि…


December 2, 2025
0
Shares

काठमाडौं । काठमाडौंको केशरमहलमा कारले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा। प्र।०१–०३० च २३४८ नम्बरको नेटा इभी कार अनियन्त्रित भएर दुर्घटना भएको हो ।

ट्राफिक र पैदलयात्रीलाई ठक्कर दिएर सो कार ड्रिम गार्डेनको पर्खालमा ठोक्किएर रोकिएको थियो । ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई कारले ठक्कर दिएको थियो भने दुईजना घाइते भएका छन् ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाडौं–१६ बस्ने सुरेश राज कालिका घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार मृतक अन्दाजी ३० वर्षका पुरुष रहेका छन् । उनको पहिचान भने खुलेको छैन ।

घाइते सबैलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिए पनि ट्राफिकलाई भने त्यहाँबाट रेफर गरेर प्रहरी अस्पताल महाराजगञ्ज लगिएको छ ।

 

प्रतिक्रिया