५ पुस २०८२, शनिबार | December 20, 2025

पोखरेललाई बस्नेतको चेतावनी : ओलीसँग लड्न खोज्नेको विकल्प बिदाई हो


November 28, 2025
83
Shares
Screenshot

एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टी भित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ । पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो होरु अनेक प्रपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस ?

आजको प्रश्न “कसले नेतृत्व दाबि गर्छरु” होइन—“कसले पार्टी बचाउन सक्छरु” हो। वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमाले माथिको योजनाबद्ध प्रहारले स्पष्ट देखाइदिएको छ। पार्टीलाई अहिले मजबुत संगठन, सही कार्य दिशा र जुझारु सशक्त क्रान्तिकारी पंक्ति चाहिन्छ, जुन के पी ओलीकै दृढ नेतृत्वमा सम्भव छ।

एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढता बाट मात्र संभब हुन्छ। पोखरेलजस्ता नेता एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ—स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले।
यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता।
यदि सकिँदैन भने सहर्ष विदाई। नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प हो।

किनकि व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन सक्दैन, र पार्टी कहिल्यै देशभन्दा ठूलो हुन सक्दैन।
राष्ट्रिय शक्ति निर्माणको आधार ओली नेतृत्वमा एकजुट एमाले हो।

पार्टी बलियोहोस्, देश बलियोहोस् — यही कार्यकर्ताको चाहना, यही समयको माग हो।
अध्यक्ष के पी शर्मा ओलीमा समाहित हुँदै उहाँकै पहल र ब्यबस्थापनमा देश कमनिष्ट आन्दोलन र नेकपा एमाले बलियो बनाउन सकिन्छ्।

प्रतिक्रिया