९ मंसिर २०८२, मंगलबार | November 25, 2025

एमालेले एकैदिन सर्वोच्चमा संसद् पुनर्स्थापनाको मागसहित रिट र दल दर्ता गरायो


November 25, 2025
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।

मंगलबार एमाले नेताहरु निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको स्रोतले जनाएको छ ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आफूहरू आयोगमा पुगेर दल दर्ता गरेको बताए ।

निर्वाचन आयोगमा दल दर्ता गराएको एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट समेत पेस गरेको छ ।

एकैदिन दुवैतिर काम गरेपछि एमालेले के गर्न खाजेको हो भन्ने सबैको चासो बनेको छ ।

प्रतिक्रिया