८ मंसिर २०८२, सोमबार | November 24, 2025

नयाँ १३ दलसहित आयोगमा दर्ता हुने पार्टीको संखया कति पुग्यो ?


November 24, 2025
0
Shares

काठमाडौं, ८ मंसिर । सामाजिक अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यो सँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ ।

प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता निर्वाचन आयोगमा १३ वटा नयाँ दल दर्ता भएका छन् ।

गत २७ भदौमा प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिएको थियो । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकेका छन् ।

प्रतिक्रिया