कर्णालीका गाउँमा फोरजी छैन, शहरका आर्यघाटमा फ्रि वाइफाइ, सस्तो लोकप्रियताको पछि नलाग्न संचारमन्त्रीलाई आग्रह
काठमाडौँ — कर्णाली प्रदेशको मुगु जिल्लामा अझै पनि भरपर्दो 4G सेवा नपुगेको गम्भीर समस्या सतहमा आएपछि जेनजी युवाहरूले सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेललाई काठमाडौँमा भेटेर ध्यानाकर्षण गराएका छन्।
सो अनुरोधलाई थप प्रवल बनाउँदै सोरु गाउँपालिकाले पनि आधिकारिक पत्रमार्फत 4G सेवा विस्तारका लागि सरकारसँग सहयोग मागेको छ। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा जेनजी युवा आशिष देवकोटाको नेतृत्वमा गएको टोलीले सरकारले शहरमा Free Wifi जस्ता प्रचारमुखी कार्यक्रमलाई प्राथमिकता दिएर ग्रामीण भेगलाई बेवास्ता गरेको भन्दै कर्णालीको वास्तविक समस्या पहिला सम्बोधन गर्न आग्रह गरेको थियो।
जेनजी टोलीले भेटका क्रममा सोरु गाउँपालिकाको कार्यपालिकाको कार्यालय मुगुद्वारा जारी आधिकारिक पत्रसमेत मन्त्रीलाई बुझाएको थियो। पत्रमा नेपालकै अति दुर्गम क्षेत्र सोरु गाउँपालिकाका ११ वटै वडामा 4G सेवा अत्यन्त कमजोर वा पूर्ण रूपमा नचलिरहेको उल्लेख छ । जनताले दैनिक रूपमा संचार अभावका कारण स्वास्थ्य, शिक्षा, अनलाइन सेवा, बैंकिङ, आपतकालीन सूचना आदिमा कठिनाइ व्यहोर्नुपरेको हुँदा पत्रमा तपशिलका सोरु गाउँपालिकाका चार स्थानमा 4G टावर स्थापनारस्तरोन्नति तत्काल आवश्यक रहेको निष्कर्ष पालिकाको पत्र सहित मन्त्री समक्ष पेश गरेका छन्।
तपशिल (मुगु–सोरु गा।पा।)
1। वडा नं। ७ : बड्डीसल्यानी लेक : नयाँ 4G टावर स्थापना
2। वडा नं। ३ : लामाकाँद लेक: अवस्थित नेपाल टेलिकम 4G टावर स्तरोन्नति
3। वडा नं। ८ : कच्चेकोट लेक: अवस्थित 4G सेवा स्तरोन्नति
4। वडा नं। १० : वडा कार्यालयमा नयाँ 4G सेवा स्थापना।
जेनजी युवाहरूले भने शहरमा आर्यघाटसम्मFree Wifi , तर कर्णालीको गाउँमा मोबाइलको नेटवर्कसमेत छैन। सेवा सबैका लागि बराबर हुनुपर्छ। ग्रामीण भेगको पहुँच बढाउनु भनेको देशको समग्र विकास अघि बढाउनु हो।
ग्यापनपत्र बुझ्दै मन्त्री खरेलले कर्णाली आफ्नो मुख्य लक्ष्य क्षेत्र रहेको भन्दै द्धन् सेवा विस्तारका लागि तत्काल र दीर्घकालीन पहल थालिने प्रतिक्रिया दिए।
उनले भने-यो समस्या मैले यति स्पष्ट रूपमा पहिलोपटक सुनेँ। कर्णालीमा द्धन् सेवा विस्तारमा अब सरकारले तीव्रता दिन्छ। नागरिकले सरकार भएको अनुभूति पाउने वातावरण बनाउन प्रतिबद्ध छु।स्थानीयमा आशा युवाहरूको पहल र गाउँपालिकाको आधिकारिक दबाबसँगै मुगुमा लामो समयदेखि प्रतिक्षित संचार सेवा सुधारको आशा स्थानीयमा जगिएको छ।



