५ मंसिर २०८२, शुक्रबार | November 21, 2025

धुर्मुश सुन्तली फाउन्डेसनको ऋण तिर्न कानुन भेटिएन : भरतपुर महानगर


November 21, 2025
0
Shares

चितवन । भरतपुर महानगरले धुर्मुश सुन्तली फाउन्डेसनको ऋण फर्छ्यौट गर्न ‘प्रचलित कानून नभेटिएको’ बताएको छ ।

फाउन्डेसनलाई दिनुपर्ने रकम लामो समयदेखि रोकेकोमा तीव्र आलोचना भोग्नुपरेपछि आज महानगरले आफ्नो भनाइ सार्वजनिक गर्दै महानगरले यस विषयमा विज्ञ र प्रशासकहरूसँग राय-सुझाव लिने चरणमा रहेको स्पष्ट पारेको छ ।

संघीय सरकारबाट असार मसान्तमै रंगशालामा सिर्जित सम्पत्ति खरिदका लागि १५ करोड रूपैयाँ निकासा गरे पनि त्यसलाई महानगरले होल्ड गर्दै आएको छ । यो रकम कुन कानूनअनुसार दिने भन्ने स्पष्ट निर्देशन नहुँदा भुक्तानीमा समस्या परेको दावी महानगरको छ ।

प्रतिक्रिया