३ मंसिर २०८२, बुधबार | November 19, 2025

संसद व्यूूँताउनु द्धन्द्ध निम्त्याउँनु हो – शेखर कोइराला


November 19, 2025
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले विघटीत संसद पूनस्र्थापनाको बाटोतिर दलहरू लागे मुलुकमा अर्को द्धन्द्ध निम्तीने बताएका छन् ।

बुुधबार बालुवाटारस्थित सम्पर्क कार्यालयमा भेट गर्न गएका पार्टीका नेता कार्यकर्तासँग नेता कोइरालाले जेनजीको भावना विपरित कसैले संसद व्यूुँताउन खोजे फेरी मुुलुकले अर्को आन्दोलनको सामना गर्नुपर्ने अवस्था आउने बताएका हुन् ।

संसद के–का लागी पूनस्र्थापना गर्ने ? उनले प्रश्न गर्दै भने ‘एमालेका नेताहरू संसद पुुनस्र्थापनाको मुुद्दा लिएर हिड्नुु भएको छ । कांग्रेसका पनि केही साथिहरू लाग्नुु भएको छ भन्ने सुनेको छुु । उहाँहरू किन त्यसतर्फ लाग्नुभएको छ मलाई थाहा भएन । तर, त्यसले अर्को द्वन्द निम्तन सक्छ ।’ संसद पुुनस्र्थापना गरेर फेरी जेनजी आन्दोलनले हटाएका केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड संसदमा ल्याउनलाई हो भने त्यो निकासको बाटो नभएको उनको जिकीर छ ।

‘जेनजीको आन्दोलनबाट हटाइएका नेताहरू संसदमा देखाउन संसद पुुनस्र्थापना गर्नुु उपर्युक्त छैन्’, नेता कोइरालाले भने ‘संविधान संशोधन गरेर नागरिकको समस्या सम्बोधन गर्ने गरी हो भने ठिक छ, के विषय संशोधन गर्ने भन्ने बुुँदागतरूपमा पहिला क्लियर हुनुु पर्छ । एक महिनाको समयभित्र संविधान संशोधन मार्फत जेनजी लगायत सबैको भावना समेटेर देशलाई निकास दिन प्रतिवद्धतासहित जान सकिन्छ । तर, ती तीन नेताहरू संसदमा देखिनुुहुँदैन् ।’

मुलुकको अवस्था विग्रिएकोबेला सबै राजनीतिक दलहरूले पहिला देश र जनताका लागी सोच्नुपर्ने उनको भनाई छ । ‘देशनै रहेन भने को को पार्टी रु सबैले मिलेर पहिला देश बचाउ, त्यसपछि पार्टीहरूका विषयमा चिन्ता गरौं ।’ गत भदौ २३ र २४ को घटना पछि मुुलुकको स्थिति खराव भएकाले सरकार र राजनीतिक दलहरूले संयमित भएर राष्ट्र बचाउने अभिप्रायकासाथ काम गर्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया