शान्ता चौधरीको अचार पसलमा आगो सल्काउनेले दिए रोचक बयान
काठमाडौं,३ मंसिर । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार पसलमा आगजनी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पसलमा आगो लगाएको आरोपमा दीपक कँडेललाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले केही दिनअघि मात्र संचालनमा ल्याइएको सुखेृतको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित अचार पसलमा कार्तिक ३० गते बिहान करिब साढे ४ बजे आगजनी भएको थियो । प्रहरीको अनुसार पहिले शान्ताको पसलसँगै रहेको बेबीशपमा लागेको आगो पछि शान्ताको पसलमा सल्किएको थियो ।
प्रहरी अनुसन्धानबाट बेबी शप सञ्चालकका देवरले पसलमा आगो लगाएको खुलेको छ । बेबी शप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।



