३ मंसिर २०८२, बुधबार | November 19, 2025

काँग्रेसमा पार्टी दुब्लाउने तर व्यक्ति मोटाउने अभियान सुरु गरिएको छ–कुन्दन काफ्ले


November 19, 2025
83
Shares

व्यक्ति होइन पार्टीे बलियो बनाऔं
नेपाली काँग्रेस जस्तो नेपालको एक जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टीे निर्माणका क्रममा थुप्रै मानिसले सहादत प्राप्त गरेका छन् । लाखौँ मानिसको पवित्र भावना, रगत र पसिनाले सिन्चिएको यो पार्टीलाई विभिन्न कालखण्डमा केही देखावटी काँग्रेसले आफ्नो बपौती भने पक्कै बनाउन कोशिश गरका हुन् । त्यलाई चिर्दै यहाँसम्म आइपुग्दा आजका दिनमा पनि नक्कली क्रान्तिकारीको खोल ओढेर सज्जन काँग्रेसी जनालाई झुक्याउने दाउमा कोही लागेको हो भने हामीले त्यस्तो महत्त्वाकांक्षा पूरा गर्न दिनुहुँदैन । बिपी कोइरालाले भनें झैं लामो वा छोटै समयको सत्ता अभ्यासले पनि भुइँफुट्टा जन्माउन सक्छ, सचेत रहनुपर्छ ।

पार्टीको जिम्मेवार र जवाफदेही ओहदामा बसेर पार्टीे निर्माणको गहनतम जिम्मेवारी वहन गर्नुपर्नेमा राजनीतिक शक्तिको भरपूर प्रयोग गर्दै भागबण्डाको निम्छरो प्रवृत्तिको भालू चढेर कार्यकर्तालाई अनुचित दवाव र प्रभावमा पार्ने काममा चुल्लुम्म डुबेर पनि पानी माथिको ओभानो बन्ने चलाखी कसैले नगर्दा राम्रो । यति ठूलो इतिहास र बलिदानीबाट बनेको एउटा निश्चित उद्देश्यका साथ प्रतिष्ठित नेपाली काँग्रेस पार्टीलाई जम्माजम्मी आफ्नो स्वार्थ सिद्धिको साधन बनाउन खोज्ने र आफूलाई निकै अब्बल हूं भन्दै निजी व्यक्तित्त्व बनाउने लोभमा पार्टीको सम्पूर्ण व्यक्तित्त्वको चिरहरण गर्ने कामको हामी बिना सर्त विरोध गर्दछौं ।

लोकतन्त्रको मजबुती त्यहाँका लोकतान्त्रिक संस्थाहरू बलियो भए मात्र सम्भव हुन्छ । लोकतन्त्रलाई व्यवहारमा उतार्ने राजनितिक पार्टीे वा संस्था त झन् बलियो र भरोसायोग्य हुनुपर्दछ । सिद्धान्तनिष्ठ मजबुत पार्टीे निर्माणको महत्वपूर्ण जिम्मेवारी पक्कै पनि त्यसलाई सञ्चालन गर्ने नेतृत्त्ववर्गसँग हुन्छ नै । तर त्यो नेतृत्त्व बेइमान र आफ्नो मात्र स्वार्थमा केन्द्रित रह्यो भने त्यसबाट जनताले पाउने भनेको धोखा मात्रै हो । नेपाली काँग्रेसको सन्दर्भमा हाल पार्टीको जिम्मेवार पदमा रहेका तर घोर गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेका केही व्यक्तिका शक्ति हत्याउने उग्र आकांक्षाले सिङ्गो पार्टीलाई कमजोर बनाएको छ ।

‘पार्टीे दुब्लाउने तर आफू मोटाउनेू अभियान नै सञ्चालन गरेका नक्कली तर आकर्षक देखिने क्रान्तिकारीले पार्टीको सिद्धान्त, मूल्य र मान्यतामा ठाडो प्रहार गरिरहेको अवस्था प्रति चनाखो हुन पार्टीका आम साथीहरू र शुभेच्छुकहरूमा हार्दिक आग्रह गर्दछु । साथै देशभरका इमानदार र निष्ठावान कार्यकर्ताले एकताबद्ध भई त्यस्ता तत्त्वलाई निस्तेज गरी पार्टीे संस्थालाई सर्वोपरी राख्दै पार्टीलाई एकढिक्का बनाएर जनताको विश्वास र भरोसाको केन्द्र बनाउने काममा जुट्न अपिल गर्दछु ।
जय नेपाल

प्रतिक्रिया