भ्रष्टाचारले लिप्त पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीलाई हैरानी दियो : रायमाझी
प्रकाश रायमाझी । पशुपति क्षेत्र विकास कोषले आराध्यदेव भगवान पशुपतिनाथको दर्शनार्थीहरूलाई साह्रै दुःख दिएको छ। मन्दिरभित्र जथाभावी फलामका रेलिङहरू (बेरीकेट) राखेर प्राचीन सम्पदास्थलको मौलिक स्वरूप नै बिगारेको छ। खाली पैसा मात्रै उठाउने उद्देश्यले व्यापारिक मनस्थितिगर्दा हाम्रो आस्थामाथि गहिरो चोट पुगिरहेको छ।
दर्शन गर्न जानेहरूलाई जथाभावी घच्याट्ने मन्दिरको ढोकाअगाडिउ भिएर दर्शन गर्नसम्म गर्न नदिएर लछारपछार गर्छन्। दर्शन गर्न पनि पनि सेटिङ गर्नुपर्ने बनाइएको छ । धार्मिक व्यापारले हाम्रो पवित्र धार्मिक आस्थालाई छेदविक्षेत बनाएको छ। भट्ट भण्डारी त्यहाँ खटिएका सुरक्षाकर्मी र कोषका गार्डहरूको व्यवहारमा रुखोपन दर्शनार्थीहरूलाई हप्काउने गर्ने गर्छन् ।
हामी धार्मिक तथा सम्पदा संरक्षणमा लागेकाहरूले यस्तो व्यवहारको प्रतिकारमा उत्रन नपरोस्। चन्दन प्रसाद वितरणमा पनि भेदभाव छ । पैसा कमाउने मात्रै हाम्रो उद्देश्य होइन हाम्रो। पूर्वजहरुले राखेको गुठीहरूको संरक्षण समर्धन एवं दाताहरूको भावनालाई चिरकालसम्म जोगाउनुपर्ने कोषको उद्देश्य हुनुपर्छ । चाकरी चुप्लिसी कमाउने धन्दा मात्रै कोषका पदाधिकारी कर्मचारीको उद्देश्य बन्नु दुर्भाग्य हो ।
गौशालाको ( प्रहरी वृत्तको) मुख्य प्रवेशद्वार बन्द किन गरिएको हो कसले गराएको किन गरियो ?? यसैगरी देउपाटनतर्फको पश्चिम प्रवेशद्वार मुख्य ढोकानै बन्द गर्नु पर्ने के अवस्था पर्यो ?? मूलढोका बन्द गर्नु हुँदैन भनेर दर्शनार्थीहरुले गुनासो गर्छन् । तर कोषका भ्रष्ट कर्मचारीले ध्यान पटक्कै दिँदैन। तिलगङ्गा पट्टिको बाटो खोलेर पार्किङबाट कमिशन खान ?? कैलाशको अवस्था त्यस्तै दुरावस्था छ। अरु विषयवस्तु उठाइरहनु पर्दैन कोष भ्रष्टाचारले लिप्त भएको छ। कोषको पदाधिकारी र कर्मचारी भ्रष्टाचारको मुद्दा खेपिरहेका छन् ।


