मतदाता नामावली दर्ता गर्न ५ दिन थप
कात्तिक,२८ काठमाडौं । मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगले थप ५ दिन म्याद थपेको छ ।
यसअघि आयोगले कात्तिक ३० गतेसम्म मात्र दर्ता खुला रहने निर्णय गरेकोमा मतदाता नामावली दर्ता समय थपिएको हो ।
मतदाता नामावली दर्ता गर्नेहरूको चाप पनि कायमै रहेको अवस्थामा ५ दिन म्याद थप गरेका आयोगले जनाएको छ ।
यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै ५ मंसिरसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।


