२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

बाबुराम, जनार्दन र सन्तोष परियारबीच एकता कहिले ?


November 14, 2025
0
Shares

काठमाडौं, २८ कात्तिक । रवि लामिछानेको साथ छाडेका सन्तोष परियारले डा।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानसँग आगामी मङ्सिर ७ गते एकता गर्ने भएका छन् ।

नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियार एउटै पार्टी बनाउने सहमति गरेका हुन्।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिन्ह एउटै बनाउने भएका छन्।

भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरूलाई हातेमालो गर्न समेत अपिल गरेका छन्।

प्रतिक्रिया