अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात उपलब्ध गराइदिन प्रहरीको आग्रह
काठमाडौं, २८ कात्तिक । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
गत भदौ २३–२४ गतेको आन्दोलनका कारण काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरेको हो ।



