दिपक खड्काको कम्पनीले भोगचलन गरिरहेहको स्काउटको जग्गामा महानगरको डोजर चल्यो
काठमाडौं,२७ कात्तिक । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा बिहीबार बिहान काठमाडौं महानगरपालिकाको डोजर चलेको छ ।
पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले भोगचलन गरिरहेहको सो संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । र
युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।
पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना भत्काउन महानगरको डोजर पुगेको बताइएको छ ।
अन्यथा त्यहाँ बनाइएका भवन तथा सामान जफत गर्ने समेत चेतावनी दिइएको थियो ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ ।
स्काउटका दुई वटा व्यवसायिक भवनसमेत खड्का ल्याण्डले भाडा लगाइरहेको छ । दुई व्यवसायिक भवनमध्ये पहिलोमा ३६ र दोस्रोमा १२ वटा पसल रहेका छन् ।



