सक्रिय राजनीतिमा आइन् रिमा विश्वकर्मा !
काठमाडौं,२५ कात्तिक । अभिनेत्री एवं कार्यक्रम संचालिका रिमा विश्वकर्मा सक्रिय राजनीतिमा होमिएकी छन् ।
ऊर्जामन्त्री कुलमान घिसिङले गठन गर्न लागेको नयाँ दलमा प्रस्तावित ५१ सदस्यीय केन्द्रीय समितिमा ८ नम्बरमा उनको पनि नाम छ ।
रिमा पहिलो पटक कुनै पनि राजनीतिक दलमा आबद्ध भएकी हुन् । पछिल्लो समय उनी रियालिटी शोहरुमा व्यस्त छिन् ।
रिमाले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजनीतिमा आउने संकेत गरेकी थिइन् ।
‘के हामी नयाँ पुस्तालाई राजनितिमा स्वीकार्न र नेतृत्वको जिम्मेवारी दिन तयार छौं त ?’


