२४ कार्तिक २०८२, सोमबार | November 10, 2025

मधेस सरकार गठनविरूद्ध कसले हाल्यो रिट ?


November 10, 2025
0
Shares

काठमाडौँ, २४ कात्तिक । सर्वोच्च अदालतमा मधेस सरकार गठनविरूद्ध रिट दर्ता भएको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले सोमबार (आज) रिट दायर गरेका हुन् ।

मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर उनीहरुले रिट दायर गरेका छन् ।

रिटको पेसी कातिक २५ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया