११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

नेपाल जलिरहेको समयमा विशेष महाधिवेशन किन ?


November 10, 2025
4.8k
Shares

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई कल्याण गुरुङ्गको प्रश्न

आदरणीय नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिज्युहरु,
जय नेपाल ।

नेपाल र नेपाली कांग्रेस भित्र देखिएको विषम परिस्थितिको सन्दर्भमा शब्दहरुमा अंकुरित प्रकाशमय मनोभावको उज्यालोमा मार्मिक किरणहरु मार्फत् तपांईहरुसंग सम्मानपुर्वक भावनात्मक संवाद गर्न चाहन्छु ।

नेपाली कांग्रेस भित्र विशेष महाधिवेशन ठिक, विशेष महाधिवेशन बेठिक, पुषमा महाधिवेशन र चुनाव पछाडि महाधिवेशन भन्ने विषयमा तीब्र बहस प्रारम्भ भएको छ । यो स्वभाविक पनि हो । यि सबै विचारहरु नेपाल र नेपाली कांग्रेस प्रतिको चिन्ता, माया र स्नेहका कारणले गंभीर बहसको भूमिमा उजागर भएको हो । यस गंभीर बहसमा नेपाल र नेपाली कांग्रेसलाई माया गर्ने र सदभाव राख्ने आम बुद्धिजीविहरु देखी नेपालमा र बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा अन्तरआत्मा देखि नै उच्च सम्मानका साथ आभार प्रकट गर्न चाहन्छु ।

कुनै पनि समस्याको समाधानको विषयमा फरक मतहरु निर्माण हुनु लोकतन्त्रको सुन्दर पक्ष हो । यिनै विविध विचार र कार्यनीतिको लोकतान्त्रिक विविधताको लागि हाम्रो पुर्खाहरु र हामीले बर्षौ संघर्ष गरेका हौं । अझै पनि निरन्तर संघर्ष गरिरहेका छौं र गरिरहनेछौं।

मेरो मात्रै विचार ठिक, अरु सबैको विचारहरु गलत भन्ने तीब्र एकांकी सोंचबाट माथि उठेर हामी लोकतन्त्रवादीहरुले सहमत र असहमत सबै विचारहरु र धारणाहरुको सम्मान गर्नु पर्छ ।

कसैको बारेमा तुच्छ कमेन्ट गर्दैगर्दा त्यसले कमेन्ट गर्ने मानिसको बौद्धिक ऊंचाईलाई समाजले नापी रहेको हुन्छ र उचित समयमा समाजको बिचमा प्रष्ट पारिदिन्छ । हाम्रा हरेक क्रियाकलापहरुलाई समाजले सूक्ष्मरुपले नियाली रहेको हुन्छ भन्ने सत्यलाई हामी सबैले आत्मार्थ आत्मसात् गरौं ।

नेपाली कांग्रेस भित्र धेरै विद्वान र संघर्षशील अग्रज र साथीहरु हुनुहुन्छ । म सबै साथीहरुको पवित्र र असल भावनाहरुको सम्मान गर्छु । तर मलाई पार्टीका विद्वान र संघर्षशील अग्रज र साथीहरुलाई केही प्रश्नहरु विनम्रतापुर्वक सोध्न मन लागि रहेको छ, आशा छ कि म अनुत्तरित हुने छैन ।

नेपाल जलिरहेको समयमा विशेष महाधिवेशन किन ? 
सिंहदरबार, सर्वोच्च अदालत, अदालतहरु, सरकारी कार्यालयहरु र प्रहरी कार्यालयहरु जलि रहंदा विशेष महाधिवेशन किन ?
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय देखि प्रदेश कार्यालय र जिल्ला कार्यालय हुंदै बिभिन्न तहका कार्यालयहरु जलेर खरानी हुंदा विशेष महाधिवेशन किन ?
नेपाली कांग्रेसको केन्द्रीय सभापतिको निवास देखि अनेकौ नेताहरु र साथीहरुको निवास जलेर खरानी हुंदा विशेष महाधिवेशन किन ?
नेपाली कांग्रेसको केन्द्रीय सभापति आदरणीय श्री शेरबहादुर देउवा र आदरणीय केन्द्रीय सदस्य श्रीमति डा। आरजु राणा देउवा माथि सांघातिक आक्रमण भई रगताम्य भएर अस्पतालमा उपचार गराई रहेको समयमा विशेष महाधिवेशन किन ?
आदरणीय सभापतिको बगेको रगतको टाटो सुक्न नपाउदै विशेष महाधिवेशन किन रु
देशभरिका व्यापारिक केन्द्र तथा व्यापारी र उधोगपतिहरुको घरमा आक्रमण र आगलागी भएको समयमा विशेष महाधिवेशन किन रु नेपालको संविधानले राम्रोसंग काम गर्न नसकिरहेको अवस्थामा विशेष महाधिवेशन किन ?
प्रतिनिधि सभा विघटन भएको समयमा विशेष महाधिवेशन किन रु लोकतान्त्रिक व्यवस्था माथि कालो बादल मडारिएको समयमा विशेष महाधिवेशन किन ?
नियमित महाधिवेशनको मुखमा विशेष महाधिवेशन किन ?
फाल्गुन २१ गते निर्वाचन घोषणा भईसकेको समयमा विशेष महाधिवेशन किन ?
देशको विषम परिस्थिति, समस्या र निराकरणका उपायहरुको वारेमा गंभीर छलफल गर्नु पर्ने समयमा विशेष महाधिवेशन किन?
जलेका भौतिक संरचनाहरुको निर्माण र पुनर्निर्माण गर्नु पर्ने र मानिसको खस्केको मनोबल उठाउन पुनर्जागरण गर्नु पर्ने समयमा विशेष महाधिवेशन किन रु आदरणीय सभापतिले कार्यवाहक दिई सके पछि पनि विशेष महाधिवेशन किन ?

मेरा यि प्रश्नहरुको जवाफ नरिसाईकन दिनु हुनेछ भन्ने विश्वास लिएको छु ।

नेपाली कांग्रेसको विधानले सभापति, महामन्त्री र कोषाध्यक्षलाई कार्यकारी अधिकार दिएको छ । उम्मेदवार सम्बन्धि निर्णय केन्द्रीय संसदीय समितिबाट र अधिकांश निर्णयहरु कार्य सम्पादन समितिको बैठकबाट निर्णय भएर कार्यान्वयनमा गईसकेपछि केन्द्रीय कार्य समितिमा अनुमोदनको लागि निर्णयार्थ प्रस्तुत गरिन्छ । यि सबै समितिहरुमा महामन्त्रीहरु पदेन महामन्त्रीको रुपमा रहेर निर्णय प्रक्रियामा सहभागी रहेका छन् ।

स्थानीय तह, प्रदेश तह र संघीय तहको उम्मेदवारी तय गर्दा महामन्त्रीहरुले पनि भागबण्डा लिनु भएको होईन र ?

त्यति मात्र होईन । अन्य दलसंगको गठबन्धनमा सीट बाडफाड, मन्त्री पदमा भागबण्डा देखि असंबैधानिक उच्च स्तरिय राजनीतिक संयन्त्रसम्म पनि महामन्त्रीको सहभागिता भएको होईन र रु अहिलेको बेथितिहरुको सम्पुर्ण दोष आदरणीय सभापतिको टाउकोमा राखेर महामन्त्रीहरु चोखो हुन कसरी मिल्छ रु सम्पुर्ण निर्णय प्रक्रियामा सहभागी भएको कारणले महामन्त्रीहरुले पनि पार्टीले गरेको सबै निर्णयहरुको जिम्मेबारी लिनु पर्दैन र रु

अहिलेको पार्टी भित्रको बेथितिहरुको दोषी कार्यकारी अधिकार प्रयोग गरिरहेका महामन्त्रीहरु पनि होईनन् र रु

आदरणीय सभापतिले आफ्नो कर्म र बचनले आफु माथि उठेका प्रश्नहरुको उत्तर दिनु भयो । वहांले उप सभापतिलाई कार्यवाहक दिनु भयो ।

अब कर्मले जवाफ दिने पालो महामन्त्रीहरुको ।

के आदरणीय सभापतिले जस्तै महामन्त्रीहरुले पनि कुनै दुई जना सह-महामन्त्रीहरुलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिने आट गर्न सक्नु हुन्छ ? त्यो नैतिकता प्रदर्शन गर्न सक्नु हुन्छ रु

यसैले, प्रश्न आदरणीय सभापतिलाई मात्रै होईन, कार्यकारी अधिकारको प्रयोग गरेका महामन्त्रीहरुलाई पनि गर्न मिल्छ होला नि रु

महासमितिको बैठकमा ९नीति अधिवेशन० दुई जना महामन्त्रीहरु मध्ये एक जनाले राजनीतिक र अर्कोले सांगठनिक प्रस्ताव पेश गर्नु भएको थियो । वहांहरुले पेश गर्नु भएको राजनीतिक र सांगठनिक प्रस्तावका नीतिहरु र कार्यक्रमहरु अहिले असान्दर्भिक र असफल प्रमाणित भई सक्यो ।

नीति पनि असफल र नेतृत्व पनि असफल भई सके पछि पनि नैतिकरुपले महामन्त्रीहरु पदमा बसि रहन मिल्छ र भनेर प्रश्न गर्न पाईने कि नपाईने रु

दोष व्यक्तिको मात्रै हो कि शासकिय पद्धतिको पनि हो । यदि दोष शासकिय पद्धतिको पनि हो भने व्यक्ति परिवर्तनको बहस मात्रै किन रु व्यक्ति परिवर्तनको बहस संगसंगै शासकिय पद्धति परिवर्तनको बहस किन नगर्ने रु शासकिय पद्धतिलाई परिवर्तन किन नगर्ने रु

राजनीतिमा कुनै पनि व्यक्ति जादुगर हुंदैन, जसले आमूल परिवर्तन गर्न सक्छ । असल शासकिय पद्धति र त्यसको सफल कार्यान्वयनले मात्रै आमूल परिवर्तन हुन सक्छ । होईन र रु

मेरो यि प्रश्नहरुको उत्तर मैले पाउन नसकेको कारणले म विशेष महाधिवेशनको पक्षमा उभिएको छुईन् । म प्रष्टसंग विशेष महाधिवेशनको विपक्षमा छु ।

पार्टीमा संविधान सभाको निर्वाचन पछाडि पनि धेरै व्यक्तिहरु संविधान सभा सदस्य र सांसद बनि सक्नु भएको छ ।

नेपालको संविधानको धारा ४७ मा मौलिक हक तथा अधिकार सम्बन्धि धारा १६ देखि धारा ४६ सम्मका मौलिक हक तथा अधिकारहरु कार्यान्वयन गर्न तीन बर्ष भित्र कानूनहरु निर्माण गरि सक्नु पर्छ भनेर स्पष्ट शब्

प्रतिक्रिया