कुलमानले भोलि दल दर्ता गर्दै
काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद्मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा रहेका कुलमान घिसिङले भोलि राजनीतिक पार्टी दर्ता गर्ने भएका छन् ।
सोमबार निर्वाचन आयोगमा दर्ता गर्न लागिएको पार्टीको नाम नेपाल जनसेवा रहने लगभग निश्चित भएको स्रोतले जनाएको छ ।
आयोगमा १ सय २५ राजनीतिक दल दर्ता भइसकेका छन् । गत भदौको जेन–जी आन्दोलनपछि १५ दल दर्ताका लागि आयोगमा निवेदन परेको छ ।


