२३ कार्तिक २०८२, आइतबार | November 9, 2025

गृहमन्त्री अर्यालको स्पष्टोक्ति : शुद्ध चित्तले कर्म गरिरहने बाहेक अरु बिकल्प छैन्


November 9, 2025
2.7k
Shares

काठमाडौं, २३ कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले शुद्ध चित्तले कर्म गरिरहने बाहेक अरु बिकल्प नरहेको स्पष्ट पारेका छन् ।
पछिल्लो समय हामी नेपालका संयोजक सुदन गुरुङ्गले अर्यालको राजीनामा मागेपछि त्यसको जवाफ वक्तव्यमार्फत फर्काएका हुन् ।

गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै अर्यालले कतिपय विषयमा के गर्दछौ त भन्नै नमिल्ने पनि उल्लेख गरेका छन् । जेनजी अगुवाहरुले गृहमन्त्रीले जेनजीका माग अनुसार अर्याल चल्न नसकेको भन्दै राजीनामा मागेपछि उनले सो विषयमा थप प्रष्ट पारेका हुन् ।

कार्यकालको अन्तिममा जनतालाई धैर्यताका निम्ति धन्यवाद दिने पनि अर्यालले बताएका छन् । र गृहमन्त्री अर्यालले सुशासनको बाटो हिडेर देशलाई निर्वाचनमार्फत निकाससम्म डो¥याउने सरकारको अभिभारा पुरा गर्ने पनि बताएका छन् ।

गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ । पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ ।

प्रतिक्रिया