को हुन् मोहम्मद आफ्ताव आलम ?
काठमाडौं, २२ कात्तिक । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहटका पूर्व जिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधन भएको छ । ६३ वर्षीय आलमको गए राति काठमाडौको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको निधन भएको हो । आलमको निधनप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।
आलमको निधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकद्वारा शोक प्रस्ताव पारित गरेको हो ।
को हुन् मोहम्मद आफ्ताव आलम ?
वि।सं। २०१९ असार ५ गते रौतहटको राजपुर फरहदवा गा।वि।स। वडा नं। ४ मा जन्मनु भएका आलमले वि।सं। २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गर्नु भएको थियो । राजनीतिक जीवनमा उहाँले पटक–पटक मन्त्री पदको जिम्मेवारी सम्हाल्नु भएको थियो । वि।सं। २०५३ को उपनिर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ को संविधानसभाको निर्वाचन र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा रौतहट क्षेत्र नं। २ बाट उहाँ विजयी हुनु भएको थियो । वि।सं। २०६७ मा सम्पन्न पार्टीको बाह्रौं महाधिवेशनमा उहाँ नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा निर्वाचित हुनु भएको थियो ।
नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनहरू र संघर्षका क्रममा उहाँले पटक–पटक जेल जीवन व्यतित गरेका थिए ।
आलमको उच्च सम्मान प्रकट गर्दै कांग्रेसले शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरेको छ –
कात्र्तिक २२, २३ र २४ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने ।
कात्र्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने ।
स्वर्गारोहणको ३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने ।


