आयोगले बयानका लागि धेरै प्रहरीलाई बोलाएर हतोत्साहित गर्ने खोजेको हो ?
काठमाडौं, २१ कात्तिक । जेनजी आन्दोलन जाँचबुझ आयोगले काठमाडौं प्रहरीका तत्कालीन एसपी अपिलराज बोहोरालाई बयानका लागि बोलाएको छ ।
काठमाडौं प्रहरीका तत्कालीन फिल्ड कमाण्डर डीएसपी सुन्दर तिवारीले बिहीबार दिएको बयानपछि एसपी बोहोरालाई बोलाइएको हुन सक्ने बुझिएको छ।
अब तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी र उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीसँग बयान लिने आयोग स्रोतले जनाएको छ ।
आयोगले बयानका लागि धेरै प्रहरीलाई बोलाएर हतोत्साहित नगर्ने जनाएको छ ।


