२० कार्तिक २०८२, बिहिबार | November 6, 2025

सुदन गुरुङले गुहमन्त्री अर्यालको किन मागे राजीनामा ?


November 6, 2025
249
Shares

काठमाडौं, २० कात्तिक । जेनजी अगुवा भनिएका सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । हाम्रो नेपाल एनजिओका संस्थापक गुरुङले  जेनजी घटनाका दोषी र भ्रष्टाचारीलाई कारवाही गर्न नसकेको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको उनको दाबी छ। ’अलोकप्रिय गृहमन्त्रीलाई सन्देश‘ शीर्षकमा उनले फेसबुकमा लेखेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।’

प्रधानमन्त्री सुशीला कार्कीको प्यारो हुँदैमा गृहमन्त्री पद जोगिएला भन्ने भ्रममा नपर्न गुरुङले अर्याललाई चेतावनीसमेत दिएका छन् । ‘प्रधानमन्त्रीको प्रिय पात्र बनेर कुर्सी बच्छ भन्ने सोच्नुहुन्छ भने यो तपाईंको भ्रम होु, उनले लेखेका छन्, ‘तपाईलाई जे कामको लागि गृहमन्त्री बनाइएको हो,त्यो काम गर्नुस् ।’

अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हत्यारालाई ‘

गृहमन्त्री अर्यालले दुई महिनासम्म केही काम गर्न नसकेको भन्दै उनले अब पदमा बसिरहन नमिल्ने बताएका छन् । गृहमन्त्री हुँदा काम गर्न नसके पद छोड्ने वाचा गरेको उनको दाबी छ । ‘सहिदको रगत सम्झनुहोस् । नेपाल र नेपालीको आशा र आँशु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्’, गुरुङले भनेका छन्, ‘ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हत्यारालाई ।’ आफूहरुको आन्दोलन ०८४ को चुनाव ०८२ मा गर्नका लागि नभएको भन्दै उनले चुनावको बहानामा उम्किने प्रयास नगर्न गृहमन्त्री अर्याललाई चेतावनी दिएका छन् ।

हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश
तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।
देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।
सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।
काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।
ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।
अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।
हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।
हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।
अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.
त्यसैले चेतना होस् ।
चुनाबको नाटक नचलोस्।
८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।
नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।
अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।
DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.
जनता जागिसके।
युवा जागिसके।

प्रतिक्रिया