१८ कार्तिक २०८२, मंगलबार | November 4, 2025

आन्दोलनमा खटिएका प्रहरी इन्चार्जहरुलाई उपत्यका बाहिर नजान निर्देशन


November 4, 2025
0
Shares

प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछि भएको आगजनी घटनाबारे जाँचबुझ गर्न गठित आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई उपत्यका बाहिर जान नदिने व्यवस्था मिलाउन भनेको हो ।

आयोगले बढी क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउन सक्ने भएकाले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र पठाएको जनाइएको छ ।

जाँचबुझ आयोगले आइतबारदेखि सोधपुछ र बयान लिने कार्य सुरु गरेको छ । पहिलो दिन आयोगले नख्खु कारागारका जेलरसँग सोधपुछ गरेको थियो ।

जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको गोली प्रहारमा २२ जनाको ज्यान गएको थियो । त्यसपछिका दिनहरूमा देशभर प्रदर्शन र आगजनी भएका थिए ।

प्रतिक्रिया