जेनजी भन्दै धम्क्याउने, ठगी र बैंकिङ कसुरको फरार अभियुक्त शाही पक्राउ
काठमाडौं,२९ असोज । जेनजीको नाममा सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याएका अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्त समेत हुन् ।
सूचना अधिकारी भट्टराईका अनुसार उनीमाथि आपराधिक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको हो ।
शाहीको टोलीले नागरिक उड्ययन प्राधिकरण, बायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा त्यहाँको नेतृत्वलाई धम्क्याएको थियो ।