नेपाली राजनीतिमा “हिन्दुत्व”
विपिन देव: नेपाली राजनीतिमा “हिन्दुत्व” जल्दोबल्दो भाष्यको रूपमा विर्मश भइरहेको छ । समाजवादको दार्शनिक धरातलबाट लामो संघर्षयात्रा गरेका नेपाली काङ्ग्रेस भित्र समेत “हिन्दुत्व” को एक खास राजनीतिक वृतमा धनीभूत रूपमा चर्चा भइरहेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत १३ वैशाखमा काश्मिर घटनामा दुःख व्यक्त गर्दा हिन्दुत्व शब्द उल्लेख गरेका छन् । “राजतन्त्र”लाई आत्मसाथ गरेर अघि बढिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दुभाव भूमिबाट सङ्गठित समुहहरू “हिन्दुत्व”लाई राष्ट्रिय अखण्डता, सांस्कृतिक जागरण र राष्ट्रिय पहिचानको रूपमा व्याख्या गर्दे अघि बढिरहेको अवस्था छ । यी परिवेश र परिदृश्यमा “हिन्दुत्व”लाई एक राजनीतिक प्रस्तावनाको रूपमा विमर्श गर्न आवश्यक देखिन्छ । भारतीय राजनीतिमा हिन्दुत्वको प्रयोगलाई दृष्टान्तको रूपमा लिन सकिन्छ ।
भारतीय राजनीतिमा विर सावरकरले “हिन्दुत्व”को प्रयोग अदभूत रूपले गरेको देखिन्छ । महात्मा गान्धीभन्दा पहिले नै अंग्रेज सरकारको विरोधमा विदेशी वस्तुलाई बहिष्कार गर्ने सावरकर सन् १९०६ मा गान्धीसंग वेलायतमा भेट गर्दै “हिन्दुत्व”लाई सामाजिक र आर्थिक रूपान्तरण गर्ने परामर्श गरेका थिए । सन् १८५७ मा अंग्रेज विरुद्ध विद्रोहको आधारमा उनले “वार अप‘m इण्डियन इनडिपेन्डेनस्” नामक पुस्तकको पाण्डुलिपि तयार गरेका थिए । पुस्तक प्रकाशित हुनु भन्दा पहिले बेलायतमा उनलाई गिरफ्तार गरी सेन्ट मौया नाम गरेको पानीजहाजद्वारा बेलायतबाट भारत चलान गरियो । बीच समुद्रमा पानीजहाजबाट हाम फालेर अद्भूत साहास देखाए तापनि अन्तिममा उनी गिरफ्तार गरिए । अंग्रेज सरकारको सबभन्दा कष्टदायक कारागार आडमानमा उनलाई २५ वर्षका लागि कैद गरियो । उनका जीवनीकार आसुतोष देशमुखले “सावरकर ब्रेभ हार्ट” मा सावरकरको जेल जीवनलाई चर्चा गर्दै सावरकरले ढुङ्गालाई कलम बनाएर जेलको पर्खालमा ६ हजार कविता लेखेका कुरा उल्लेख गरेका छन् । सावरकरका अर्का चर्चित जीवनीकार विक्रम साम्पदले उनको दार्शनिक दृष्ट्रिकोण वारे चर्चा गरेका छन् । सावरकरले अप्mनो पुस्तक “हिन्दुत्व” मा राजनैतिक दृष्ट्रिकोणलाई आलोकित गरेको पाइन्छ । अर्थात् “हिन्दुत्व”को मान्यता अनुसार राष्ट्रलाई पुण्यभूमिका रूपमा स्वीकार गर्नु पर्दछ । मक्का मदिना र भेटिकन सिटीलाई पुण्य भूमि मानेका खण्डमा पितृभूमि र मातृभूमिप्रति अन्याय हुने सावरकरको तर्क रहेको छ ।
नेपालका सन्दर्भमा भइरहेको धर्मान्तरणका लागि सावरकरको विचार मार्मिक देखिएको छ । सावरकरले “हिन्दुत्व”लाई जातिविहीन र वर्गविहीन समाजका निर्माणका लागि प्रयोग गरेका थिए । इतिहासको त्यो कालखण्डका दलितका लागि मन्दिर प्रवेश र विधवा विवाहको लागि अपिल र बाल विवाहप्रतिको रोकलाई सावरकरको “हिन्दुत्व”को प्रयोगका रूमा लिन सकिन्छ ।
भारतका चर्चित लेखक र हाल मोदी सरकारका आर्थिक सल्लाहकार सञ्जीव सन्यालले सावरकरको राजनैतिक र आर्थिक सोचलाई पुस्तकमा सार्वजनिक गरेका छन् । डा. सन्यालले सावरकरले राज्य र राष्ट्रको विचमा कोरेको रेखालाई वडो रोचक ढङ्गले व्याख्या गरेका छन् । “हिन्दुत्व”को मौलिक प्रयोग गर्दै सावरकरको चिन्तन महात्मा गान्धीको रामराज्यबाट पृथक देखिएको छ । उनलाई हिन्दुभावभूमिका संघ र संगठनहरू वडो आदरपूर्वक स्मरण गर्दछ । भारतीय राजनीतिमा सावरकर पश्चात “हिन्दुत्व”लाई आन्दोलनको रूपमा डा. श्यामा प्रसाद मुखर्जीले प्रयोग गरेका छन् । डा. मुखर्जी अद्भूत विद्वान थिए । ३४ वर्षको उमेरमा कलकत्ता विश्व विद्यालयमा उपकुलपति भएका डा. मुखर्जी बेलायतबाट शिक्षित र दीक्षित थिए । “हिन्दुमहासभा” जस्ता संगठनको नेतृत्व लिदै उनले वङ्गालको विभाजनलाई अबरोध गरेका थिए । अर्थात् अल्पसंख्यकको तृष्ट्रिकरणको विरोधमा उनले “हिन्दुत्व”को आन्दोलनलाई अगाडि बढाए । महात्मा गान्धीको विशेष अनुरोधमा नेहरुको मन्त्रीमण्डलमा मूर्धन्य मन्त्री भए तापनि उनलाई नेहरुको हिन्दुप्रतिको नीति पाच्य थिएन । अर्थात् ५० को दशकमा नेहरु र लियाकत प्याक्टको विरोधमा उनले नेहरुको मन्त्रीमण्डलबाट राजीनामा दिए । नेहरु लियाकत प्याक्ट अनुसार पाकिस्तानमा रहको हिन्दुहरूप्रतिको पूर्ण उत्तरदायित्व पाकिस्तान सरकारको रहेको व्यहोरा उल्लेख थियो । नेहरु लियाकत प्याक्टले गर्दा पाकिस्तानमा रहेका हिन्दु, शिख, जैन र अन्य अल्पसंख्यकहरू ओझेलमा परे । विभाजनका समयमा पाकिस्तानमा हिन्दु १७ प्रतिशत रहेका थिए भने वर्तमान परिवेशमा हिन्दुको संख्या ३ प्रतिशत रहेको छ ।
डा. मूखर्जीले नेहरुलाई पाकिस्तानमा रहेका हिन्दुहरूप्रति चनाखो रहदै सम्झौताको कसीबाट निष्ठा देखाउन आग्रह गरेका थिए । डा. मूखर्जीले हिन्दुत्वलाई संकल्पका रूपमा लिएका थिए । ५० को द�

