९ मंसिर २०८२, मंगलबार | November 25, 2025

विपिन जोशीको शवको फोरेन्सिक जाँच गरिदै,मृत्युको कारण पत्ता लाग्ने


October 14, 2025
415
Shares

काठमाडौँ, २८ असोज । हमासले इजरायललाई विपिन जोशीको शव बुझाएको छ। नेपाली विद्यार्थी विपिन जोशीसहित चार जनाको शव रेडक्रसमार्फत इजरायललाई हमासले हस्तान्तरण गरेको हो।

शव परीक्षणका लागि तेलअभिभस्थित अस्पतालमा लगिएको छ, र नेपाल ल्याउने तयारी हुँदैछ। सोमबार अबेर हमासले रेड क्रसमार्फत विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको हो।

टाइम्स अफ इजरायलका अनुसार इजरायली सेनाले रेडक्रसमार्फत विपिनसहित चार जनाको शव प्राप्त भएको पुष्टि गरेको हो । विपिनसहित गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजको शव प्राप्त भएको इजरायली सेनाले जनाएको छ।

फरेन्सिक परीक्षणका लागि चारै शव इजरायलको राजधानी तेल अभिभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा पु¥याइएको छ। त्यहाँ शव पहिचानको प्रक्रिया सुरु भएको अधिकारीहरूले जनाएका छन्।

फरेन्सिक परीक्षणपछि शव परिवारको जिम्मा लगाइनेछ । त्यसपछि विपिनको शव नेपाल ल्याउने तयारी छ ।

प्रतिक्रिया