एनभिएको चियापान एवं शुभकामना कार्यक्रम असोज ३१ गते
    काठमाडौं,२६ असोज । सम्पत्ति मुल्यांकनकर्ता इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएसन (एनभिए)ले बडा दशैं, तिहार,नेपाल संवत् र छठ पर्ब २०८२ को उपलक्ष्यमा भेटघाट,चियापान र शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार आयोजना गर्ने भएको छ ।
आगामी असोज ३१ गते शुक्रबार दिउँसो १ बजे काठमाडौंस्थित सनराइज क्याफे मध्यबानेश्वरमा एनभिएले सो कार्यक्रम आयोजना गरेको हो ।
चियापान कार्यक्रमसँगै केही दिन अघि मात्र एनभिए र नेपाल इन्भेष्टमेन्ट मेगा बैकबिच भएको सम्झौता, त्यसको समिक्षा र अन्य वित्तिय संघसंस्थाहरुको सम्बन्धमा के कसरी अघि बढ्ने बारेमा बृहत छलफल कार्यक्रम पनि राखिएको सचिव इ.रविन्द्र अधिकारीले जानकारी दिए ।
चियापान एवं शुभकामना कार्यक्रममा एनभिएका पदाधिकारीहरु, पूर्वपदाधिकारीहरु, समितिका सदस्यहरु र सम्पुर्ण मुल्यांकनकर्ता इन्जिनियरहरुलाई चुलो निम्तो दिइएको छ ।
एनभिएले प्रत्येक वर्ष दशैको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ । एनभिएले डेभलपमेन्ट बैंकर एशोसिएशन नेपाल (डिबान) का अध्यक्ष लगायतसँग आइतबार छलफल गरेको छ ।
आफुले राखेका मागहरू यहि हप्ता भित्र सम्बोधन गर्न एनभिएले डिबानलाई आग्रह गरेको छ र डिबानले पनि सकरात्मक प्रतिक्रिया दिएको सचिव अधिकारीले बताए । यदि डिबानले माग सम्बोधन नगरे तिहार लगत्तै आन्दोलनमा जाने सर्कलर जारी गर्दै आफ्ना सदस्यहरुलाई तयार अवस्थामा बस्न पनि एनभिएले निर्देशन दिएको छ ।
डिबानका विषयमा पनि शुक्रबार विस्तृत छलफल हुनेछ ।


