इलाममा मृत्यु हुनेको संख्या कति पुग्यो ?

काठमाडौं, २१ असोज । अविरल वर्षापछि बाढीपहिरोमा परी इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो ।
प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो ।
करिब ४०० मिटर तल आज उनको शव फेला परेको स्रोतले जनाएको छ ।
अझै इलाम नगरपालका–६ का महेन्द्र लिम्बु बेपत्ता भएका हुन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।