२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

काल्किनको एशियन एक्वेटिक्स च्याम्पियनशिपमा चर्चा, बनाए राष्ट्रिय कितिमान


October 1, 2025
332
Shares

काठमाडौं, १५ असोज । एघारौं एशियन एक्वेटिक्स च्याम्पियनशिपमा नेपालका पौडीवाज काल्किन श्रेष्ठले चर्चा बटुलेका छन् । १४ वर्षीय पौडीवाज श्रेष्ठले आफूले गरेको प्रतिष्पर्धामा सनसनीपूर्ण प्रदर्शन गरेर अन्तर्राष्ट्रिय पौडीमा उदीयमान खेलाडीको परिचय बनाएका छन् ।

काल्किनले बुधबार विहान भएको ८०० मिटरको फ्रि स्टाइलमा राष्ट्रिय किर्तिमान बनाएका छन् । उनले ९ मिनेट १२ सेकेन्ड ६२ मिलिसेकेन्डमा दूरी पुरा गरे ।

काल्किनले १५०० मिटर फ्रिस्टाइलमा पनि राष्ट्रिय किर्तिमान बनाएका थिए । काल्किनले ४०० मिटर फ्रिस्टाइलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले प्रतिष्पर्धा गरेको सबै इभेन्टमा गरेको प्रदर्शनको अहमदावादको भिर सावरकर स्टेडियमा प्रशंशा भएको छ ।

नेपालका उदीयमान पाडीवाज काल्किन श्रेष्ठले भविष्यमा अझ उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको प्रतिष्ठा बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया