२४ मंसिर २०८२, बुधबार | December 10, 2025

दोस्रो सुमन स्मृति कप भलिबल प्रतियोगिता असोज २४–२६ गतेसम्म


September 29, 2025
3k
Shares

कालिकोट, १३ असोज । बडा दशैंको अवसर पारेर युवा जागरण अभियान, कालिकोटको आयोजनामा दोस्रो सुमन स्मृति कप २०८२ (खुला अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता) आयोजना गरिएको छ । खेलकुदमार्फत सामाजिक सद्भाव र युवाशक्तिको जागरण गर्ने उद्देश्यसहित आगामी असोज २४–२६ गतेसम्म प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुरेश बहादुर शाहीले बताए ।

शाहीले सम्पूर्ण कालिकोट जिल्लाका स्थानीय तहहरू साथै छिमेकी पालिकाहरूलाई आ–आफ्ना उत्कृष्ट टिम सहभागी गराई आफ्नो क्षेत्रका खेलाडीहरूको प्रतिभा प्रस्तुत गर्न आग्रह गरे ।

खेलकुदलाई सम्मान गरौं, खेलाडीलाई प्रोत्साहन गरौं!
समाजमा एकता र भाईचारा बढाउन योगदान पुर्याऔं! भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगितमा सहभागिता जनाउन असोज २३ गते बेलुका ६ बजेसम्म समय तोकिएको छ ।  प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख ३१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र वितरण गरिनेछ भने दोस्रो हुने टिमलाई ७१ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष शाहीले जानकारी दिए । त्यसैगरी उत्कृष्ट खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिइने छ ।

यस्तो छ खेलाडी सहभागी सम्बन्धी निर्देशिकाः
१. प्रत्येक टिमले आफ्नो पालिकाबाट खेलाडीहरूको नामावलीसहित टिम दर्ताको आवेदन दिनुपर्नेछ।
२. एक पालिकाका खेलाडीले अन्य पालिकाको टिममा खेल्न नपाउने व्यवस्था गरिएको छ, तर एउटै पालिकाबाट एकभन्दा बढी टिम सहभागी गराउन सकिनेछ।
३. दर्ताका क्रममा सबै खेलाडीहरूको २ प्रति पासपोर्ट साइज फोटो र नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
४. खेलको क्रममा घाइते भएका खेलाडीहरूको प्राथमिक उपचार आयोजकले उपलब्ध गराउनेछ, तर जिम्मेवारी सम्बन्धित टिमको नै हुनेछ।
५. खेलका बेला खेलाडीको स्थायी ठेगानाबारे उजुरी प्राप्त भएमा, प्रमाणित भएमा, सम्बन्धित टिम स्वतः अयोग्य घोषित हुनेछ।
६. आयोजकद्वारा निर्धारण गरिएका सम्पूर्ण नियमहरू सहभागी सबै टिम तथा खेलाडीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

भलिवल प्रतियोगिता सञ्चालनमा आर्थिक तर्फ ब्यबस्थापकको जिम्मेवारी प्रकाश शाहीलाई दिइएको छ भने टिम क्याप्टेनको जिम्मेवारी गोरख शाही, रेफ्रि व्यवस्थापनको जिम्मेवारी जीवन शाही र स्वयंसेवक परिचालनको जिम्वेबारी निस्पत शाहीले पाएका छन् । कार्यक्रमको समापन असोज २७ गते हुनेछ ।

प्रतिक्रिया