पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देश यस्तो छ

काठमाडौं, १२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंमा शुभकामना सन्देश दिदै हाम्रो देशको दर्पणमा हामीले आफ्नो अनुहार हेर्नुपर्ने बताएका छन् । आइतबार दिएको सन्देशमा बिगार्ने नभई सपार्ने तिर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
शाहले युग र हाल अनुसारका प्रयत्न गर्दा आफ्नोपन, पहिचान र मूल्य मान्यताको ख्याल गर्नुपर्ने बताएका छन् । जन मनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नुपर्ने सन्देशमा उल्लेख छ ।