२३ आश्विन २०८२, बिहिबार | October 10, 2025

अब कहाँ बस्छन् मन्त्रीहरु ?


September 23, 2025
1.9k
Shares

काठमाडौं, ७ असोज । जेनजी (युवापुस्ता) को आन्दोलनमा भैसीपार्टी मन्त्री निवास खण्डहर बनेको छ । आगजनी र तोडफोडबाट १ अर्ब ३ करोड भन्दा बढीको लागतमा बनेको सो आवास प्रदर्शनकारीले क्षणभरमै ध्वस्त बनाएका हुन् ।

मन्त्रीहरु निवासमै रहेको बेला आन्दोलनकारीले आगजनी र तोडफोड गर्न सुरु गरेका हुन् । समयमै मन्त्रीहरुलाई हेलिकप्टरबाट ननिकालेको भए मानविय कति क्षति हुने थियो त्यसको आकलन गर्न गाह्रो हुने अवस्था थियो ।

भैंसीपाटीका २७ वटा भवनमध्ये २६ वटा ध्वस्त भएका छन् । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार एउटा मात्र मन्त्री निवास सामान्य अवस्थामा छ र प्रयोग गर्न मिल्छ । कार्यालयको अनुसार रक्षा मन्त्रीको आवास भने प्रयोग गर्न मिल्ने अवस्थामा छ ।

प्रधानमन्त्री शुसिला कार्की नेतृत्वको अन्तरिम सरकारमा ८ मन्त्रि नियुक्त भएका छन् । अब ती मन्त्रीहरु कहाँ बस्लान ? त्यो चिन्ताको विषयमा बनेको छ । नयाँ मन्त्रीहरुका लागि अहिलेसम्म कुनै सरकारी आवास व्यवस्थापन गरिएको छैन् ।

एक अर्ब ३ करोड लगानीमा भैंसेपाटीमा मन्त्रीहरूका लागि २४ वटा र राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि क्वाटर निर्माण भएको थियो । यो मन्त्री क्वाटर एक वर्षअघि मात्रै निर्माण सम्पन्न भएको थियो । गत साउनदेखि मात्रै मन्त्रीहरू उक्त त्यहाँ सरेका थिए । ९६ रोपनी १० आनामा बनिरहेको यहाँ कम्युनिटी हलदेखि जिम हल र स्विमिङ पुलसम्म निर्माण गरिएका थिए ।

प्रतिक्रिया