२३ आश्विन २०८२, बिहिबार | October 9, 2025

एनभिए गण्डकी प्रदेशको ८ औं साधारण सभा सम्पन्न


September 22, 2025
2.4k
Shares

पोखरा,६ असोज । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) गण्डकी प्रदेशको ८ औं साधारण सभा सम्पन्न भएको छ । पोखरा पार्टी प्यालेस, पोखरामा सोमबार भव्य कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि एनभिएका केन्द्रीय अध्यक्ष इ.संजय कुमार महतो थिए भने कार्यक्रमको अध्यक्षता एनभिए गण्डकी प्रदेशका अध्यक्ष इ.सुरेन्द्र गोदारले गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इ. महतोले देशको विषम परिस्थितिलाई मध्य नजर गर्दै नेपाल राष्ट्र बैंकले ल्याएको नीतिको समर्थन गरे । इ.महतोले एनभिए पनि त्यसमा जिम्मेबार हुनुपर्ने बताए ।

केही दिन अगाडी एनआइएमबी बैंकले मुल्यांकनकर्ता इन्जिनियरहरुलाई विभिन्न बहानामा दुख हैरानी दिएको भन्दै देशभरी काम ठप्प पारेर एनभिए आन्दोलनमा उत्रिएको थियो । अध्यक्ष इ.महतोले सो बैंकसँगको विवाद चाडैंनै टुंगिने र मुल्यांककर्ताको हितमा हुने पनि जानकारी दिए । एनआइएमबी बैंकसँगको सम्झौतालाई आधारमा मानेर अन्य बैंक वित्तिय संस्थाहरु र तिनका माउ संस्था सँग पनि सम्झौता गर्दै जाने र नमान्ने बैंक वित्तिय संस्थासँग खरो रुपमा एनभिए उत्रने पनि चेतावनी दिए ।

कार्यक्रममा प्रदेशका पदाधिकारी, मुल्यांकन पेशामा आबद्ध भएका १०० भन्दा बढी इन्जिनियरहरु लगायतको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया