२८ आश्विन २०८२, मंगलबार | October 14, 2025

बिन्दुबासिनी विद्यापीठको प्राचार्य नियुक्तिमा प्राध्यापक संघको आपत्ति


September 21, 2025
26.6k
Shares

काठमाडौं, ५ असोज । नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघले बिन्दुबासिनी विद्यापीठ पोखराको प्राचार्य नियुक्ति प्रक्रियामा असहमति जनाएको छ ।

सो विद्यापीठमा निरन्तर कार्यरत प्राध्यापकहरु मध्येबाट नै प्राचार्य नियुक्त गरी प्राज्ञिक तथा प्रशासनिक मर्यादा अनुकुल कार्य गर्न विश्वविद्यालयलाई आग्रह गर्दै सो निर्णय तत्काल फिर्ता लिन संघले चेतावनी दिएको हो ।

बाहिरको वाल्मीकि विद्यापीठमा कार्यरत एकजना उपप्राध्यापकलाई त्यहाँ प्राचार्य तोकेर पठाएपछि आपत्ति जनाइएको संघका उपसभापति प्रो.विष्णुप्रसाद पन्थीले बताए । बिन्दुबासिनी विद्यापीठको प्राध्यापक संघको साधारण सभाको बैठकको निर्णय बमोजिम नै हुनेगरी नव नियुक्त प्राचार्यको नियुक्ति तत्काल फिर्ता गर्न विश्वविद्यालय प्रशासन समक्ष संघले जोडदार माग गरेको छ ।

सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेद्धारा हस्ताक्षरित प्रेश विज्ञप्तीमार्फत संघले विद्यापीठमा कार्यरत सम्पुर्ण प्राध्यापकहरुको प्रतिकुल र मानमर्दन गर्ने नियतले कुनै पनि कार्य नगर्न कडा चेतावनी दिएको छ ।

संस्कृत विश्वविद्यालय प्राध्यापक संघका कोषाध्यक्ष सहप्राध्यापक लोमशकुमार लामिछानेको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनअनुरुप आंशिक शिक्षकका वर्षौदेखिका समस्या समाधान गर्न,योग तथा प्राकृतिक चिकित्सा जस्ता आयमुलक कार्यक्रम हाँकिरहेका शिक्षकहरुलाई तत्काल करार नियुक्ति दिन, करार सकिएकालाई पुनःकरार गर्नलगायतका संघले विभिन्न समयमा उठाएका मागहरु यथाशीघ्र पुरा गर्न संघले माग गरेको छ ।

 

प्रतिक्रिया