प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको भेट

काठमाडौं,२ असोज । नेपालकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि अमेरिकाका राजदूत डिन थम्पसनले भेट गरेका छन् ।
राजदूत थम्पसनले हालैका प्रदर्शनहरूमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरे र नेपालको अबको शान्तिपूर्ण र लोकतान्त्रिक यात्रामा अमेरिकाको समर्थन दोहोएका थिए ।
अमेरिका र नेपालबिच ७८ वर्षभन्दा अघि देखिको साझेदारीलाई स्मरण गर्दै दुवै पक्षले व्यापार, आर्थिक वृद्धि, विपद् व्यवस्थापन, र नेपालकै सबैभन्दा रूपान्तरणकारी पूर्वाधार साझेदारीका रूपमा रहेको एमसीसी सम्झौताका प्राथमिकताहरूमा छलफल गर्नुभयो, जसले अमेरिका र नेपाललाई अझ सुरक्षित, सबल, र समृद्ध बनाउन सहयोग पुर्याउँने विश्वास गरिएको छ।