पार्टी पुनर्गठन गर्न विशेष महाधिवेशन बोलाउन जीवन परियारको प्रस्ताव

काठमाडौं,२ असोज । अहिलेको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टी पुनर्गठनका लागि विशेष महाधिवेशन बोलाउन नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रस्ताव गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी पुनर्गठनको माग चारैतिर उठिरहेको भन्दै त्यसका लागि विशेष महाधिवेशन बोलाएर तीन महिनाभित्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न सकिने उनको भनाइ छ ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे सामाजिक सञ्जालमार्फत धारणा राख्दै नेता परियारले अहिलेका लागि विधानको विशेष महाधिवेशनसम्बन्धी धाराको प्रयोग गर्नु उपयुक्त हुने बताएका हुन् ।
आदरणीय अग्रज एवं साथीहरू
जय नेपाल १
१। यहि भाद्र २३ र २४ गते नवयुवा ९श्भल श्० हरुले भ्रष्टाचार विरुद्धको अभियान र सुशासनको माग राखि गरेको देशव्यापी प्रदर्शनका क्रममा आज सम्म प्रहरी सहित झण्डै ७३ जनाले ज्यान गुमाउनु भएको छ । यस दुःखद घडिमा दिवंगत हुनभएकाप्रति पुनस् भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु । उक्त प्रदर्शनका क्रममा घाईते हुनभएका सम्पूर्णमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
२। प्रदर्शनका क्रममा घुषपैठ गरी नेपाली कांग्रेसका आदरणीय सभापति श्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथि भएको सांघातिक हमलाको भ्रत्सना गर्दै उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
३। यस विषम परिस्थितिमा सम्माननीय राष्ट्रपतिज्यूको सुझबुझपूर्ण पहलकदमीप्रति आभार प्रकट गर्दछु ।
४। पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकको आधिकारिक धारणा आईनै सकेको छ । अव यथाशिघ्र केन्द्रीय कार्यसमितिको बैठक बसी समसामयिक राजनीतिक घटनाक्रमको समिक्षा र पार्टीको आगामी रणनीति बारे आम नेपाली जनता समक्ष ओैपचारिक धारणा सार्वजनिक गर्न ढीलाई गर्नु हुँदैन ।
५। अनायास देशले भोग्नु परेको यस कठिन परिस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूले ढीलाइ नगरिकन ूराष्ट्रिय विपदको घोषणू गरी आगजनी र तोडफोड भएका संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत देशै भरिका सार्वजनिक संरचनाको पुनर्निर्माण कार्य प्रारम्भ गर्नु पर्दछ । साथै एक राष्ट्रिय विपद कोष निर्माण गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायलाई सहयोगको लागि अपिल गर्न आग्रह गर्दछु ।
६। नेपाली कांग्रेस पार्टीले यो संकटको अवस्थामा विगतमा भुकम्प र कोरोना महामारीमा खेलेको भूमिका जस्तै पार्टी केन्द्रीय कार्यालय, देशै भरिका पार्टीका ध्वस्त भएका संरचना साथै सार्वजनिक संरचनाको पुनर्निर्माण कार्यका लागि ूएक(एक मुठिदान नेपाली कांग्रेस राष्ट्र निर्माणको अभियानू संचालन गर्न ढीलाई गर्नु हुँदैन ।
७। यस कठिन परिस्थितिमा पार्टीको पुनर्गठन, नेतृत्वले त्याग गर्नुपर्ने, नेतृत्वको बहिर्गमन जस्ता विविध मागहरु सामाजिक संजालमा आउन थालेको सन्दर्भमा मेरो व्यक्तिगत विचारमा पार्टी विधानको धारा १७ को केन्द्रीय महाधिवेशन प्रतिनिधिको कार्यविधिको उपधारा ९२० बमोजिम केन्द्रीय कार्यसमितिले आबश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन बिशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा बिशेष केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ । भन्ने धारा प्रयोग गरी केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न उपर्युक्त देखेको छु ।
जय नेपाल १