३ मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं,३० भदौ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप ३ मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह राष्ट्रपति कार्यालयमा आयोजना गरिएको थियो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।