उदयपुर सिमेन्ट उद्योगमा अनियमितता छानबिन गर्न उच्च स्तरिय आयोग बनोस् : इ.अधिकारी

काठमाडौं, ३० भदौ । नेपाल भ्यालुयर्स एशोसिएसनका सचिव इ.रबिन्द्र अधिकारीले उदयपुर सिमेन्ट उद्योगको अनियमिताको छानबिन गर्न तत्काल उच्च स्तरिय आयोग गठन गर्नुपर्ने बताएका छन् ।
उदयपुर सिमेन्ट उद्योगको अवस्था दयनिय हुँदै गएको भन्दै उनले उच्च स्तरिय आयोग गठन गरेर अुनसन्धानको प्रक्रिया अगाडी बढाउन जोड दिंदै दोषीलाई कारबाही गर्न सरोकारवाला निकायसँग माग गरेका हुन् ।
‘देशमा उच्च स्तरिय छानबिन आयोग बन्ने कुरा छ, म त भन्छु उदयपुर सिमेन्ट उद्योगमा पनि बनोस, कसरी उद्योग यो अबस्थामा आयो ? तथ्य पुरक छानबिन होस र दोषीलाई कार्बाही होस।’–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
सिमेन्ट उद्योगबाट अधिकारी बाहिरिएसँगै उद्योग संचालक बिहिन हुन पुगेको छ । इ.अधिकारीले आ.व. २०८१ देखि हालसम्म कार्यावाहक अध्यक्षको भुमिका निभाए । देशकै प्रतिष्ठा भएपनि राजनीतिक हस्तक्षेपले चुलुम्म डुबेको सिमेन्ट उद्योग दक्ष र अनुभवी निर्देशक नियुक्ति गरेर सञ्चालन गर्न सकिने उनको विश्वास छ ।
इ.अधिकारीले अगाडी लेखेका छन्, ‘विभिन्न उपसमिति मा बसि (कुनै को संयोजक, कुनै को सदस्य) मैले पनि सुझाव दियको छु, अनुसन्धान गरेको छु, ती रेकर्ड उद्योग र मन्त्रालयमा सुरक्षित छन, नयाँ बन्ने मन्त्री र मन्त्री परिषदले अध्ययन गर्न सक्नुहुन्छ। ’
इ.अधिकारी विगत ३ वर्ष (२०७९ भाद्र १७ गते)देखि संचालककोे रुपमा सो उद्योगमा कार्यरत थिए । आइतबार उनले उद्योग छाडेको घोषणा गर्दै त्यहाको अनियमितताबारे अब नवनियुक्त सरकारका अर्थमन्त्री र मन्त्रिपरिषद्ले अध्ययन गर्नुपर्ने सुझाव दिए ।
उनले संयोजक र सदस्य भएर विभिन्न उपसमितिमा रहेर उद्योगबारे अनुसन्धान गरेका थिए भने उनले चरम भ्रष्टाचार भएको भन्दै छानबिनको समेत सुरु देखि नै माग गर्दै आएका थिए । इ.अधिकारीलाई तत्कालिन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्योगमा नियुक्त गरेका थिए ।
‘मैले पनि उदयपुर सिमेन्ट छाडेको घोषणा गर्दछु। तर यो छोडाई सफलता पुर्बक कार्यकाल सकेर हो है! विषम परिस्थितिका बाबजुत यो सम्मान गर्नु भएको मा उद्योग सन्चालक समिति का सदस्य सचिब (नि. जिएम) श्री कोबिद कुमार काफ्ले लाई विशेष धन्यबाद। जति सकियो त्यति गरियो, कम्तीमा उद्योग लाई थप ब्ययभार तिर लगियन कि भन्ने लाग्छ, तर अपेक्षित सफलता हासिल गर्न सकियन। देशमा उच्च स्तरिय छानबिन आयोग बन्ने कुरा छ, म त भन्छु उदयपुर सिमेन्ट उद्योग मा पनि बनोस, कसरी उद्योग यो अबस्थामा आयो? तथ्य पुरक छानबिन होस र दोषी लाई कार्बाही होस। विभिन्न उपसमिति मा बसि (कुनै को सम्योजक, कुनै को सदस्य) मैले पनि सुझाव दियको छु, अनुसन्धान गरेको छु, ती रेकर्ड उद्योग र मन्त्रालयमा सुरक्षित छन, नयाँ बन्ने मन्त्री र मन्त्री परिषद ले अद्य्ययन गर्न सक्नुहुन्छ। ’उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अब उद्योग संचालक समिति बिहिन भयको छ, नयाँ बन्ने मन्त्री ज्यु लाई सुझाव ससक्त सन्चालक समिति नियुक्त गर्नुहोस, दक्ष र उद्योग बुझेको जिएम नियुत्त गर्नुहोस, उद्योग लाई चलाउन सकिन्छ चलाम, उद्योग देश्को प्रतिस्ठा हो, राजनैतिक हस्तक्षेप नहुने हो भने जुरुक्कै उठछ उद्योग। मलाई नियुक्ति दिने तत्कालीन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मा. दिलेन्द्र प्रसाद बढु, तत्कालिन अध्यक्ष श्री केशव कुमार बस्नेत, बिज्ञ सन्चालक इ. Dilip Kumar Jha सन्चालक हरु, Devi Prasad Baral लिल बहादुर बस्नेत, Ramesh Tharu, Kuber Prasad Yatri, मिरा लामिछाने, तत्कालीन जिएम श्री Gopi Neupane, सबैको प्यारो नि. जिएम इ.Mahesh Shah लगायत सबै ब्यबथापन तहका कर्मचारी, अन्य कर्मचारी, कर्मचारी युनियनका साथिहरु, मीठो खाना खुवाउने भोला दाइ लगायत का साथिहरु, सुरक्षित यात्रा गराउने दाजुहरु, सुरक्षा मा खट्ने साथिहरु, प्रिय उदयपुर बासिहरु लगायत सबैमा मीठो सम्झना।’