२८ भाद्र २०८२, शनिबार | September 13, 2025

व्यवसायीहरु फेरी पनि उठ्नुको विकल्प छैन : अध्यक्ष बानियाँ


September 13, 2025
249
Shares

काठमाडौं,२८ भदौ । चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेका छन् ।

अध्यक्ष बानियाँले एक विज्ञप्ती जारी गर्दै आन्दोलनका क्रममा उद्यमी एवम् व्यवसायीहरु संधै प्रताडित हुनु अत्यन्त दुःखद रहेको बताएका छन् । र आगामी दिनमा यस्तो नहोस् भनि सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रदर्शनका क्रममा जीवन गुमाएका युवाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बानियाँले परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । साथै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे ।

आफ्नै देशमा सम्भव छ भन्ने वातावरण श्रृजना गरि युवाहरुलाई रोजगारीको र स्वरोजगारको अवसर श्रृजना गर्ने दायित्वमा नीजि क्षेत्र जहिल्यै अग्रणी भुमिकामा रहेपनि जुनसुकै क्षेत्रको वितृष्णा पोख्ने र धनजनको क्षति अन्तःत उद्यमी व्यवसायीकै हुने अवस्था रहेसम्म मर्यादित रोजगारी र आर्थिक लक्ष्य हासिल हुन नसक्नै संघको ठहर छ । “यसै आन्दोलनमा पनि देशका शहरीकरण भएका अधिकांस स्थानमा जस्तै यस नगर भित्र सञ्चालित उद्योग, व्यवसाय, प्रहरी चौकी, सरकारी सम्पत्ति, नीजि सम्पति, सवारी साधनहरु माथिको आगजनी र आगजनी पश्चात व्यवसायस्थलमा मृत शरीर भेटिनुबाट समग्र अर्थतन्त्र र मानवता हराएको हाम्रो समाजको अधोगतिलाई चित्रण गरिरहेको छ ।”–संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

चन्द्रागिरि नगर उद्योग वाणिज्य संघले मर्यादित रोजगारी, स्वरोजगार, सर्वसाधारण एवम् उद्यमी व्यजसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशिल हुन नेपाल सरकार, राजनैतिक दलहरु लगायत सरोकारवाला सबैमा हार्दिक आग्रह गरेको छ ।

मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीं कतैवाट पनि श्रृजना नहोस् भन्ने पनि संघले कामना गरेको छ । विज्ञप्तीमा अगाडी भनिएको छ,“फेरी पनि उठ्नुको विकल्प छैन । आजको अबस्थाबाट उद्यम तथा व्यवसाय सञ्चालन हुन तथा माथि उकासिन र सुनौलो सुदुर आर्थिक प्रगति सहितको लक्ष्य हासिल गर्नका लागि यस आन्दोलनका क्रममा भएको धनजनको उचित क्षतिपुर्ति सहित उपयुक्त भयरहित वातावरण सिर्जना गरी सम्मुन्नत समाज निर्माणमा योगदान पुर्याउन चन्द्रागिरि नगर उद्योग वाणिज्य संघ नेपाल सरकार एवम् सरोकारवाला सबैमा आग्रह गर्दछ ।”

 

प्रतिक्रिया