९७ नाल हतियारहरू बरामद,१६ जना बालबन्दीहरु नियन्त्रणमा

काठमाडौं,२६ भदौ । काभ्रेपलान्चोक जिल्लाको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।
सुन्धारा स्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ्ग स्थित गजुरीमा रहेको धादिङ्ग कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिएको छ ।
त्यसैगरी, बाँके जिल्लाको नेपालगञ्ज स्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएका छन् ।
ललितपुर जिल्लाको भैसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाई गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेका छन् ।
हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएको सेनाले जनाएको छ ।