२४ भाद्र २०८२, मंगलबार | September 9, 2025

ओलीलाई पद त्याग्न सेनाको सल्लाह,परिस्थिति सेनाले सम्हाल्ने तयारी


September 9, 2025
332
Shares

काठमाडौं,२४ भदौ । नेपाली सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद त्याग गर्न सल्लाह दिएको छ । देशको विषम परिस्थिति सेनाले सम्हाल्ने तयारी गरेको स्रोतले जनाएको छ ।

आज प्रधानमन्त्रीओलीले परिस्थिति नियन्त्रण गर्न नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग वार्ता गरेका थिए । सेना स्रोतका अनुसार सेना प्रमुखले ओलीलाई पद त्याग गर्न सल्लाह दिए । सेनाले सत्ता नछोडिकन परिस्थिति सम्हाल्न गाह्रो भएको बताएको छ।

प्रधानमन्त्री ओलीले आफू र अन्य मन्त्रीहरूको सुरक्षित निकासीको लागि सेनाको सहयोग पनि मागेका छन् । राजनीतिक संकटको बीचमा सेनाले परिस्थिति सम्हाल्ने तयारी गरिरहेको छ।

 

प्रतिक्रिया