२३ भाद्र २०८२, सोमबार | September 8, 2025

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : रायमाझी


September 8, 2025
2.5k
Shares

काठमाडौं,२३ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शान्तिपूर्ण रूपमा भ्रष्टाचार कुशासनको विरुद्धमा प्रदर्शन गर्न उत्रेका युवाहरुलाई हजारौँ राउन्ड गोली हानेर निर्मम रूपमा हत्या गरेको भन्दै उनले ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन् । साथै रायमाझीले घाइतेहरुको चाडै स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि माग गरेका छन् ।

आज सोमबार भएको घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न पनि उनले सरकार समक्षलाई आग्रह गरेका छन् ।

राजनीतिक माफिया र बिचौलियाको सरकारले नेपालीको उज्ज्वल भविष्यमाथि बज्रपात गरेको समेत उनले आरोप लगाएका छन् । रायमाझीले त्यसको हिसाबकिताब नेपाली जनताले राख्ने पनि चेतावनी दिएका छन्।

जिएनजी को शान्तिपूर्ण आन्दोलन परिवर्तनको कारक बन्ने दाबी गर्दै उनले भ्रष्ट लुटेरा नेताहरुको दिन सकिएको पनि उल्लेख गरेका छन् । र देशभक्तिहरु जागिसकेको पनि उनले स्पष्ट पारेका छन् ।

“शान्तिपूर्ण रूपमा भ्रष्टाचार कुशासनको विरुद्धमा प्रदर्शन गर्न उत्रेका युवाहरुलाई हजारौँ राउन्ड गोली हानेर निर्मम रूपा हत्या गरेको छ। ओली सरकारले कलिला भविष्यका कर्णाधारहरूलाई सयौं हजारको सङ्ख्यामा घाइते बनाएको छ। युवाहरूको सुन्दर भविष्यमाथि बज्रपात भएको छ। हत्यारा ओली सरकारले तत्काल राजीनामा दियोस्। शान्तिपूर्ण रूपमा भेला भएका प्रदर्शनकारीमाथि विषक्त रसायनिक अश्रुग्यास पानीका फोरा गोली हानेर जनताको आँसु र रगतको धारा बगाएको छओलीसरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरोस्। मृतकहरूको क्षतिपूर्तिका निमित्त सरकारले तुरुन्तव्यवस्था खरोस्।घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस्।राजनीतिक माफिया रबिचौलियाको सरकारले नेपालीको उज्ज्वल भविष्यमाथि बज्रपात गरेको छ।” त्यसको हिसाबकिताब नेपाली जनताले राख्नेछन्।यो शान्तिपूर्ण आन्दोलन परिवर्तनकोकारक बन्नेछभ्रष्ट लुटेरा नेताहरुको दिन सक्यो देशभक्त राष्ट्रवादीहरजागिसकेका छन् ।”

प्रतिक्रिया