१९ भाद्र २०८२, बिहिबार | September 4, 2025

फेसबुकसहितका सामाजिक सन्जाललाई आजैबाट बन्द गर्ने सरकारको निर्णय


September 4, 2025
83
Shares

काठमाडौं,१९ भदौ । नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्म भन्नाले कुनै व्यक्ति वा संस्थालाई एक अर्कासँग विचार वा सूचनाको आदानप्रदान गर्न सक्ने वा प्रयोगकर्ताले निर्माण गरेका विषयवस्तु प्रसार गर्ने सुविधा समेत प्रदान गर्ने इन्टरनेट वा सूचना प्रविधिमा आधारित फेसबुक, फेसबुक, ट्वीटर ९एक्स०, वाट्सएप भाइबर पिन्टरेस्ट,म्यासेन्जर, इन्स्टाग्राम, युट्युव, लिंन्कडइन, विच्याट लगायतका सार्वजनिक रुपमा उपलब्ध हुनेगरी सञ्चालनमा ल्याइएका प्रणालीलाई भनिएको छ ।

 

 

प्रतिक्रिया