रन्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं, १८ भदौ । नागकि उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी अस्पताल भर्ना भएकी छिन् ।
चौधरीलाई छाती दुख्ने समस्या भएपछि सोमबार काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
अध्यक्ष चौधरीलाई पहिल्यै देखि नै मुटुको समस्या छ । गत वर्ष पनि उनको मुटुको शल्यक्रिया भएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार देखिएको छ ।