यी हुन् मन्त्रिपरिषद बैंठकका निर्णयहरु

काठमाडौँ, १६ भदौं । आगामी असोज १९ देखि २३ गतेसम्म दक्षिण अफ्रिकाको केप टाउनमा आयोजना हुने २५औँ ‘फिगो वल्ड कंग्रेस अफ गाइनेकोलोजी एन्ड अब्स्ट्रेक्टिस’ कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रा। डा। रामपदारथ विच्छालाई सहभागी हुने भएका छन् ।
मन्त्रिपरिषद्को गत भदौ १३ गते बसेको बैठकले विच्छालाई कार्यक्रममा सहभागी हुने स्वीकृति दिएको हो ।
त्यसैगरी, बैठकले असोज ८ देखि ९ गतेसम्म जापानको टोकियोमा आयोजना हुने ‘द फोर्टिन हाइ–लेवल टाक्स कन्फ्रेन्स फर एसियन एन्ड स्पेसिफिक कन्ट्रिज्’ विषयक सम्मेलनमा सहभागिताका लागि अर्थ मन्त्रालयका सचिव ९राजस्व० दिनेश घिमिरेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
गुरुङका अनुसार मन्त्रीपरिषद् बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती क्षेत्रको सिमाना हेरफेर र छायाँनाथ राष्ट्रिय निकुञ्ज एवम् मध्यवर्ती क्षेत्र घोषणा गर्ने, तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति ९२०८२ २०८७० स्वीकृत गर्ने र राष्ट्रिय खेलकुद विकास ९दोस्रो संशोधन० नियमावली, २०६२ स्वीकृत गर्ने निर्णय भएको छ ।