चितवनबाट सिन्धुपाल्चोक हिडेका २ दिदीबहिनी कहाँ गए ?

काठमाडौं, ११ भदौं । चितवनबाट दुई दिदि बहिनी बेपत्ता भएका छन् । भरतपुर महानरपालिका–१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रिना र रोशनी दिदीबहिनीका छोरीहरु हुन् ।
उनीहरूको अन्तिम लोकेशन काठमाडौं देखिएकाले काठमाडौं प्रहरीसँग पनि समन्वय गरेर काम भइरहेको प्रहरीले जनाएको छ । ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ घर भएका उनीहरु मंगलबार बिहानबाट हराएको परिवारले बताएको छ ।
परिवारका अनुसार उनीहरु मंगलबार बिहान सिन्धुपाल्चोक जान्छौं भनेर निस्केका थिए । त्यसपछि सम्पर्कमा नआएका हुन् ।
उनीहरुलाई कोही कसैले कतै देखेमा नजिकको प्रहरी कार्यालयमा आफन्तको सम्पर्क नम्बर ९८१८३४५३०२ र ९८१०३२१७६७ मा खबर गर्न परिवारले अनुरोध गरेको छ ।