माइती नेपाल र घर भारत भएकी रुबीको शव सुटकेशमा…

रौतहट,८ भदौ । सुन्दा पनि डर लाग्ने घटना रौतहटको गौरमा भएको छ । शनिबार राति बेवारिसे अवस्थामा सडक किनारामा सुटकेश भेटिएको हो ।
गौर नगरपालिका ९ मुडवलमा गेट नजिकै शनिबार राति सुटकेश फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटलाई खबर आइपुग्छ । त्यो स्थानमा तुरुन्तै प्रहरी पुग्छ र रातैभरी प्रहरीले त्यो सुटकेशको सुरक्षा दिन्छ । डिएसी राजन कार्कीसहितको टोलीले आइतबार बिहान सो सुटकेस खोलेर हेर्दा अन्दाजी ३० वर्षीया महिलाको शव फेला पार्छ ।
सुटकेश भित्र कोचेर राखेको अवस्थामा भेटिएको महिलाको शवको पहिचान गौर नगरपालिका-२ मा बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडीको रूपमा भएको छ। प्रहरीले मुचुल्कापछि शव प्रादेशिक अस्पताललाई पठाएको छ ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ, मृतकको नाकबाट रगत बगेको थियो र श्रीमान भारतबाट नेपाल आएका छन्।
यो साता मात्रै रौतहटमा तीन जनाको शव फेला परिसकेको छ । छुरा प्रहारबाट मारिएका सहाबुदिन मिया पछि आज अज्ञात महिलाको शव भेटिएको हो ।
रुबीको सुटकेशमा कुईनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएको थियो । नाकबाट रगत बगेको तर, उनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् पनि भारतबाट नेपाल आइपुगेका छन्।