शिक्षा विधेयकमा क–कसले राखे फरक मत !

काठमाडौं,५ भदौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक माओवादी केन्द्रसहित ३ दलको फरक मतका बीच समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो ।
माओवादी केन्द्रसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले फरक मत पेश गरेको हो ।
माओवादी केन्द्रका सांसद देवेन्द पौडेल, रेखा शर्मा, ज्ञानु बस्नेत, महिन्द्रराय यादवले फरक मत राखेका छन् भने राप्रपाका सांसद बिना जैसवाल र रास्वपाका सांसद सुमना श्रेष्ठले फरक मत राखेका हुन् ।