३२ श्रावण २०८२, शनिबार | August 16, 2025

रवि लामिछानेलाई काठमाडौं ल्याइदैं


August 16, 2025
498
Shares

काठमाडौं,३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ ल्याउन लागिएको छ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ लैजान ल्याउन लागिएको हो ।

गत चैत २५ गतेदेखि लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारगारमा थिए । उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।

लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागेको हो । उनलाई ललितपुरस्थित नख्खु कारागार राखिने भएको छ । शुक्रबार मात्रै कारागार विभागले रविलाई कारागार सरुवाको निर्णय गरेर कार्यान्वयनका लागि पत्र पठाएको थियो ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गाडी उनलाई लिन कारागार पुगेको छ ।

प्रतिक्रिया