विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरलाई कारबाही गर्न वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठद्वारा उजूरी

काठमाडौं, ३० साउन । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरमाथि कारबाही गर्न वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले न्याय परिषद सचिवालयमा उजूरी दर्ता गरेका छन् । ३० साउनमा दर्ता भएको उजूरीमा कुँवरले न्यायपालिकाको मान मर्दन हुने गरी गतिविधि गरेका प्रमाणहरु पनि पेश गरिएको छ ।
उजूरीमा कुँवरले राजनीतिक नेताहरुको कार्यालय धाउने, स्वतन्त्र अदालतको अवधारणा विपरित असम्वद्ध गुणस्तर तथा नापतौल विभागको प्रमाण पत्र लिने जस्ता न्यायिक निष्ठा विपरित कार्य गरेको उल्लेख छ ।
अदालतको ऐन, व्यवस्था र भावनाविपरित विशेष अदालतमा ६ जना न्यायाधीशको इजलाश गठन गरेर दृष्टि न्युज अनलाइनसमेत भएको अदालतको अवहेलना मुद्दामा आदेश गरेको विषय पनि उजूरीमा उल्लेख छ ।